काठमाडौं (अस) । नेपाली बजारमा कलर्सका दुई मोडलका मोबाइल भित्रिएको छ । कलर्सले नेपाली बजारमा प्राइड सिरिजअन्तर्गतका पी४५ र पी५५ उपलब्ध गराएको हो । हाल बजारमा उपलब्ध समान मूल्यका मोबाइलको तुलनामा उत्कृष्ट सेल्फीको अनुभूति दिलाउने कम्पनीको दाबी छ । पी ४५ को मुख्य क्यामरा पाँच मेगापिक्सल र फ्रण्ट क्यामरा दुई मेगा पिक्सलको छ भने पी ५५ मा पनि दुवैतर्फ फ्ल्याससहित यही गुणस्तरका क्यामरा रहेका छन् । मध्यमवर्गीय उपभोक्तालाई लक्षित गरी ल्याइएको पी ४५ को बजार मूल्य ६ हजार ९ सय ९५ र पी ५५ बजार मूल्य ७ हजार ५ सय ९५ रुपैयाँ तोकिएको छ ।
No comments:
Post a Comment