Friday, August 4, 2017

रुपन्देहीमा गोली चल्यो



२० साउन, भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा अज्ञात समूहले गोली चलाएको छ ।मणिग्राम चोकमा रहेको श्रीस मार्वलका संचालक दुर्गालाल भण्डारी लक्षित गरी गोली प्रहार भएको जनाइएको छ । नम्बर नखुलेको मोटरसाइकलनमा आएका २ जनाको समूहले भण्डारीलाई लक्षित गरी २ राउण्ड गोली प्रहार गरेको तर भण्डारी सुरक्षित रहेको बताइएको छ । गोली प्रहार गर्ने को हुन र किन गरेका हुन् भन्ने केही नखुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

No comments:

Post a Comment