Thursday, August 10, 2017

नौ वर्षीय बालक र अठार वर्षकी युवतीसँग हनिमून, विरोधमा क्याम्पियन शुरु


मुम्बई – हाल भारतीय सोनी च्यानलबाट प्रसारण हुने कार्यक्रम पहरेदार पिया की विवादमा तानिएको छ । कारण उक्त सिरियलमा नौ वर्षको बालकलाई अठार वर्षीय युवतीसँग बिहे गरेको देखाइएको छ । यस शोमा देखाइएको यही दृश्यका कारण यतिबेला शो विवादमा परेको छ । उक्त शो विरुद्धमा क्याम्पियन नै चलेको भारतीय मिडियाले लेखका छन् । जबदेखि सिरियल शुरु भएदेखि नै यो कार्यक्रम बेलाबेलामा विवादमा पर्दै आएको थियो । उक्त शोले बालविवाहलाई नै खिल्ली उडाउने गरेको र यसबारेमा गलत अवधारणा दिएको बताइएको छ । यो शो अहिले विवादमा तानिएको कारण त के पनि हो भने आफूभन्दा दोब्बर उमेरकी युवतीसँग हनिमुन जाने संवादले शोमा थियो । बालविवाहलाई गल ढंगले पेश गर्न खोजिएको र अब दर्शकले नै शोलाई स्वीकार गर्न नसक्ने पनि मिडियाले लेखेका छन् । अहिले यो शोलाई बन्द गर्नुपर्ने भन्दै सामाजिक सञ्जालको माध्यमबाट क्याम्पियन चलिरहेको छ ।

बिहिवार, श्रावण २६, २०७४ मा प्रकाशित

No comments:

Post a Comment