२७ साउन, काठमाडौं । संसदीय समितिले चिकित्सा शिक्षा विधेयक पास गरेपनि डा. गोविन्द केसीको आमरण अनसन तोड्ने प्रयास असफल भएको छ । डा. केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच भएको कुराकानी सहमतिमा
पुग्न सकेन । डा. केसीका प्रतिनिधिले विधेयक माथेमा आयोगको प्रतिवेदन
अनुसार नभएको बताएका छन् । साथै विधेयक पास भएपछि कार्यान्वयन हुने
सुनिश्चिता खोजेको एक अधिकारीले बताए ।
स्रोतका अनुसार मुख्य विवाद भने सहायक डीन नियुक्तिमा देखिएको छ ।
आईओएमका डिनले सिफारिस गरेका सहायक डिनहरुको नियुक्ति हुन सकेको छैन । तर, डा. केसीले सबै विषयमा सहमति नभएसम्म अनसन नतोड्ने अडान लिएका छन् । डा. केसीको प्रतिनिधिका रुपमा वार्तामा सहभागी योगेन्द्र सिंहले एक चरण
छलफल भएपनि सहमति हुन बाँकी रहेको अनलाइनखबरलाई बताए । उनले भने, हामी
विधेयक हेर्दैछौं । त्यसपछि डा. केसीसँग छलफल गर्छौं ।’
२०७४ साउन २७ गते २०:३७ मा प्रकाशित
No comments:
Post a Comment