Friday, August 4, 2017

लेखा समितिले अख्तियारलाई भन्यो-आयल निगमले घोटाला गर्‍यो, कारवाही गर्नू




२० साउन, काठमाडौं । संसदको लेखा समितिले नेपाल आयल निगमले पेट्रोल भण्डारणका लागि जग्गा किन्दा आर्थिक हिनामिना गरेको ठहर गरेको छ । समितिको शुक्रबारको बैठकले यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारवाही गर्न निर्देशन दिएको छ । लेखा समितिले गरेको छानविनमा आयल निमगका अधिकारीले टेण्डरको नाममा कागज मिलाएर दलालसँग मिलेमतो गर्दै जग्गा किनेको भेटिएको छ । जग्गा प्राप्तीको सरकारी कम्पनीको प्रक्रिया छलेर गोलमाल रुपमा टेण्डर गर्दै झण्डै १ अर्ब रुपैयाँ कुम्ल्याएको आरेप अहिले निगमका अधिकारीमाथि छ । लेखा समितिले जग्गा प्राप्ति ऐनबमाेजिम खरिद गर्नुपर्नेमा टेण्डरबाट गरिनुले अनियमितता भएको प्रष्ट भएको बताएको छ । विधि प्रकृयामा त्रुटी भएको ठहर समितिको छ । यस्तै सिधै जग्गाधनीबाट खरिद गर्नुपर्नेमा दलालबाट किन्नु र सरकारी र चलनचल्तीकाे भन्दा बढीमा जग्गा किनेकाे निश्कर्ष अाधारित भएर कारवाही गर्न अायोगलाई निर्देशन दिएको छ ।

लेखा समितिले निगमले जग्गा किन्दा अपनाएको प्रक्रिया र जग्गा किन्दा स्थानीय क्षेत्रमा गरिएको सेटिङमाथिको छानविन गरेर दोषीलाई कारवाही गर्न अख्तियारलाई भनेको छ । समिति सभापति डोप्रसाद उपाध्यायले आयल निगमको घोटाला प्रकरण अख्तिायर पठाउने निर्णय सुनाएका छन् । अख्तियारले यसअघि नै आयल निगमबारे अनुसन्धान थालेको बताएको थियो । तर, करोडौंको घोटाला प्रकरणमा मौन बसेको भन्दै अख्तियारको आलोचना भइरहेको छ । आयल निगमका प्रमुख गोपाल खड्कासहित आरोपित अधिकारी र विवादित प्रक्रियामा छानविन गरिरहेको अख्तियारले कसैलाई हचुवाका भरमा जेल हाल्न नसकिने बताएको छ । सुशासन समितिको बैठकमा अख्तियार प्रमुख दीप बस्न्यातले भनेका थिए,’बाहिर आए जस्तो हामी यो विषयमा हात बाँधेर बसिरहेका छैनौं । अनुसन्धान सुरु भएको छ । कसैलाई त्यत्तिकै च्याप्प समातेर जेल हाल्न मिल्दैन ।’

No comments:

Post a Comment