बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो कान्छा छोरा अबरामलाई बोकेर जहाँसुकै हिँडिरहेको देखिन्छ । यी बाबुछोरालाई देख्नासाथै मिडियाले घेरिहाल्छन् । शाहरुख अहिले आफ्नो आगामी फिल्म ‘जब ह्यारी मेट सेजल’ को प्रमोसनमा व्यस्त छन् । यही सिलसिलामा उनी हालै आबुधावी पुगेका थिए । त्यहाँबाट र्फकदा उनलाई एयरपोर्टमा छोरो बोकेर हिँडिरहेको मिडियाले देखे । शाहरुखको अंगालोमा अबराम निदाइरहेका थिए । जब मिडियाले फोटो खिच्न थाले, शाहरुख आफ्नो छोरालाई छातिमा लुकाएर कुद्न थाले । उनी पछिपछि सो फिल्मकी नायिका अनुष्का शर्मा पनि थिइन् ।
२०७४ साउन १८ गते १०:०१ मा प्रकाशित
No comments:
Post a Comment