Sunday, August 6, 2017

नक्कली भ्याट बिलमा सरकारको नजर, दोस्रो ठूलो अनुसन्धान हुँदै


२३ साउन, काठमाडौं । सरकारले फेरि नक्कली भ्याटबिलको प्रयोग बढेको भन्दै अनुसन्धान अगाडि बढाएको छ । अवैध हुन्डी कारोबारमा संलग्न रहेको आशंका गरिएका केही फर्म तथा संस्थाले नक्कली भ्याटबिल प्रयोग गर्ने गरेको आशंकामा राजस्व अनुसन्धान विभागले छानबिन अगाडि बढाएको हो । विभाग स्रोतका अनुसार, करोडौंको कारोबार गर्ने दर्जनौं व्यापारिक फर्म तथा संस्थाले नक्कली भ्याटबिलको प्रयोग गर्ने गरेको पाइएको छ । विभागमा परेको उजुरीका आधारमा नक्कली भ्याटबिल छानबिन कार्य अघि बढाइएको विभागले जनाएको छ । विभागका महानिर्देशक रामकृष्ण सुवेदीले छानबिन अगाडि बढाइएको नक्कली भ्याटबिल प्रकरण निकै ठूलो भएको बताए । आजको कारोबार दैनिकमा खबर छ ।

२०७४ साउन २३ गते ६:०७ मा प्रकाशित

No comments:

Post a Comment