Sunday, July 30, 2017

प्रधानमन्त्रीको निर्देशन अलपत्र, पुरिएन खाल्डा

१६ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिए पनि सडकको अवस्थामा खासै सुधार देखिएको छैन । सडकका भ्वाङ झन्–झन् जोखिमपूर्ण बन्दै गइरहेका छन् । खाल्डा पर्नु जिम्मा पाएका सरकारी निकायले आफ्नो जिम्मेवारीलाई निर्वाह गर्न त परै जाओस् , अहिलेसम्म गरेको कार्यप्रगति विवरण दिनसमेत अटेरी गरेका छन् ।


अहिले उपत्यकाका मुख्य सडकखण्डमा उस्तै जोखिमपूर्ण खाल्डा छन् । बितेका १५ दिनमा कतैकतै खाल्डा पर्नु काम सुरु भए पनि त्यो झारा टाने शैलीको देखिन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चन्द्र घिमिरेले सडक विभाग, आयोजना कार्यान्वयन निर्देशनालय, खानेपानी तथा सरसफाई मन्त्रालयलगायत निकायले मिलेर काम नगरेकाले १५ दिनमा सबैतिरको खाल्डा पुरिनसकेको बताए । आजको नागरिक दैनिकमा खबर छ ।

२०७४ साउन १६ गते ६:०३ मा प्रकाशित

चिकित्सा शिक्षा विधेयकः के हो डा. गोविन्द केसीले चाहेको संशोधन ?

१५ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसी आमरण अनसन बसेको सात दिइभक्यो । सरकार र डा. केसीका प्रतिनिधिबीच दुई चरणको वार्ता भएपनि मुख्य मुद्दा चिकित्सा शिक्षा विधेयकमा सहमति जुट्ने संकेत देखिन्न । संसदमा विचाराधीन विधेयकबारे सरकारी वार्ता टोलीले नै सहमति गर्न सक्ने पनि भएन । यो बुझेर नै डा. केसीले प्रमुख तीन दल कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले विधेयक पास गर्ने प्रतिवद्धता जनाउनु पर्ने माग गरेका छन् । तर, तीन दल यो माग पुरा गर्न तयार भएका छैनन् । यो विधेयक अहिले संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याणमा छलफलमा छ । ‘हामी सरोकारवालाहरुसँग छलफलमा छौं’ समितिका सदस्य एवं कांग्रेस सांसद जीवन परियारले भने, ‘दफागत रुपमा छलफल सुरु हुन्छ ।’ विधेयकमा २७ वटा संशोधन परेको छ । मेडिकल कलेजहरुसँग जोडिएकै सांसदहरुको समूहले पनि संशोधन हालेका छन् । यो विधेयक समितिबाट पास भएर कति समय लाग्छ भन्ने प्रश्नमा सांसद परियार भन्छन्, ‘अहिले नै भन्न सकिने अवस्था छैन ।’

के हो डा. केसीले चाहेको संशोधन ?

साउन ९ गतेदेखि आमरण अनसनमा बसेका डा. केसीको पहिलो माग छ-माथेमा प्रतिवेदन अनुरुप हामीले दिएको सुझावसहित शिकित्सा शिक्षा ऐन पारित गरियोस् ।’ संसदीय समितिले १० गते डा. केसीसँगै छलफल राखेको थियो । तर, केसी ९ गते नै अनसन बसे र, विधेयकमा उनले चाहेको संशोधन समिति सदस्यहरुले सुन्न पाएनन् । उसो भए डा. केसीले चाहेको संशोधन के हो ? अहिले समितिमा परेको कुनै संशोधनले उनको माग सम्बोधन गर्छ ? यो प्रक्रियामा संलग्न एक सांसद भन्छन्, ‘धेरै संशोधन मेडिकल वालाहरुको हो । तर, सांसद मिना पुनले हालेको संशोधन डा. केसीको तर्फबाट हालिएको संशोधन हो भनिन्छ ।’ राष्ट्रिय जनमोर्चाकी सांसद पुनले चिकित्सा शिक्षा विधेयकको दफा १२ र ४६ मा संशोधन हालेकी छन् ।

विधेयकको दफा १२ मा कुन-कुन अवस्थामा मेडिकल कलेजलाई आशयपत्र प्रदान नगरिने भन्नेछ ।

ऐन लागू भएको १० वर्षसम्म काठमाडौं, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्न र मेडिकलतर्फ कम्तिमा ३०० तथा डेन्टल र नर्सिङतर्फ कम्तिमा १०० शैयाको अस्पताल पूर्ण रुपमा सञ्चालन नगरेसम्म सम्वन्धित विषयको कुने कार्यक्रम सञ्चालन गर्न नदिने विधेयकमा उल्लेख छ । यसमा सांसद पुनले संशोधन हाल्दै काठमाडौं उपत्यकाभित्र ऐन जारी भएको मितिदेखि १० वर्षसम्म नयाँ मेडिकल कलेज, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्न पहिले प्रदान गरिएको आशयपत्र नविकरण गर्न पनि रोक्न प्रस्ताव गरेकी छन् । दफा ४६ सरकारले शिक्षण संस्था सञ्चालन गर्नेबारे छ । विधेयकमा ‘ऐनमा अन्यत्र जे सुकै लेखिएको भए पनि कुनै पनि शिक्षण संस्था नभएका प्रदेशमा प्रादेशिक सन्तुलन कायम गर्न नेपाल सरकारले कम्तीमा एक एक वटा शिक्षण संस्था खोल्न सक्नेछ’ भन्ने छ । सांसद पुनले यसमा संशोधन हाल्दै सरकारले प्रत्येक प्रदेशमा कम्तीमा एक एक वटा मेडिकल कलेज वा प्रतिष्ठान स्थापना गर्ने सुािश्चितता विधेयकमा हनु पर्ने मत राखेकी छन् । एक सांसदका अनुसार यदि पुनको संशोधनलाई स्वीकार गरेर अघि बढ्ने हो भने डा. केसीका धेरै माग सम्बोधन हुन्छ । यद्यपि डा. केसीले चाहेका संशोधन अरु पनि छन् ।

के हुन् डा. केसीले चाहेका थप संशोधन ?

चिकित्सा शिक्षा ऐनमा डा. केसीले चाहेको संशोधन २४ बुँदेछ । पछिल्लो सयम डा. केसीसँग निकट रहेका डा. जीवन क्षेत्रीका अनुसार १२ वटा दफामा संशोधन गर्नु पर्नेछ । क्षेत्रीले अनलाइनखबरलाई उपलब्ध गराएको डकुमेन्ट अनुसार दफा १२ मा संशोधन गरेर मेडिकल तर्फ कम्तीमा तीन सय तथा डेन्टल र नर्सिङ तर्फ कम्तीमा एक सय शैय्याको अस्पताल पूर्ण रूपमा ३ वर्षसम्म सञ्चालन नगरेसम्म सम्बन्धित विषयको कुनै कार्यव|mम सञ्चालन गर्न आशयपत्र नदिने र दिएको भए नवीकण नगर्ने प्रष्ट व्यवस्था गर्नु पर्ने डा. केसीको माग छ । यस्तै ऐन जारी भएपछि आगामी १० वर्षसम्म काठमाडौं उपत्यकाभित्र नयाँचिकित्सा शिक्षासम्बन्धी प्रतिष्ठान नखोल्ने र बिस्तारित कार्यक्रमको अनुमति नदिने पनि विधेयकमा प्रष्ट किटान गर्नु पर्नेछ । डा. केसीले ऐन पास नहुँदासम्म नयाँ मनसायपत्र जारी नगर्ने, पुरानामन सायपत्रको नवीकरण नगर्ने, नयाँ मेडिकल, डेन्टल, नर्सिंग र स्वास्थ्यसम्बन्धी अन्य शिक्षण संस्थानहरुलाई सम्बन्धन नदिने र बिस्तारित कार्यक्रमको अनुमति नदिने आफूसँग भएको सम्झौता कार्यान्वयनमा पनि जोड दिँदै आएका छन् । यसले के देखाउँछ भने डा. केसी १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्ने बाटो पूर्ण रुपमा बन्द होस् भन्ने पक्षमा छन् । दफा १३ मा संशोधन गरेर नयाँको हकमा एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नसक्ने व्यवस्था गर्नु पर्ने डा. केसीको माग छ । सरकारी र निजी शिक्षण संस्थाहरुको अनुपात १ः१ हुने व्यवस्था गर्ने, प्रत्येक प्रदेशमा कम्तीमा एकएक वटा सरकारी मेडिकल, डेन्टल र नर्सिंग कलेज, प्रतिष्ठान र अरु स्वास्थ्यसम्बन्धी शिक्षण संस्थाहरु खोल्ने र त्यो संस्थाहरु सञ्चालनमा नआउन्जेल निजी शिक्षण संस्थाहरुलाई सम्बन्धन नदिने व्यवस्था थप्नु पर्ने उनको माग छ ।
२०७४ साउन १५ गते १२:५४ मा प्रकाशित 

विद्युत महसुलमा भारी वृद्धि गर्ने तयारी, साना ग्राहकलाई भने सहुलियत

१५ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुलमा भारी बृद्धि गर्ने तयारी गरेको छ । प्राधिकरणले गरेको प्रस्ताव सदर भएमा न्यून परिमाणमा विद्युत उपभोग गर्ने उपभोक्ताले सहुलियत पाउनेछन् भन्ने अन्यलाई निकै भार थपिनेछ । साउन ६ गते प्राधिकरणले विद्युत महशुल निर्धारण आयोगमा महसुल हेरफेर प्रस्ताव पेश गरेको छ । यसअघि शून्यदेखि २० युनिटसम्म विद्युत खपत गर्नेले न्यूनतम शुल्क ८० रुपैयाँ तिर्नुपर्ने थियो । यसलाई परिमार्जन गरेर शून्य युनिट खपत गर्नेले न्यूनतम शुल्क ३० रुपैयाँ तिरे पुग्छ । त्यसपछि १० युनिटसम्म प्रतियुनिट ३ रुपैयाँको दरले चार्ज थपिनेछ ।  यसअनुसार १० युनिटसम्म खपत गर्ने उपभोक्ताले न्यूनतम ३० र थप ३० -प्रतियुनिट ३ का दरले) गरी ६० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यस हिसाबले १० युनिटमात्र खपत गर्ने उपभोक्तालाई २० रुपैयाँ सस्तो पर्नेछ । यद्यपि, यति थोरै खपत गर्ने उपभोक्ता निकै कम हुन्छन् । १० युनिटपछि ४० युनिटसम्म प्रतियुनिट ७ रुपैयाँका दरले तिनुपर्छ । जसअनुसार २० युनिट खपत गर्ने उपभोक्ताले १० युनिटसम्मको ६० रुपैयाँ र बाँकी १० युनिटको ७० रुपैयाँ -प्रतियुनिट ७ रुपैयाँ) गरी १३० रुपैयाँ तिर्नेछन् । अब २० युनिट खपत गर्नेलाई पहिलेभन्दा ५० रुपैयाँ बढि पर्न आउँछ । यो भनेको ६२ प्रतिशत वृद्धि हो । एलइडी तथा सीएफएलको प्रयोगसँगै साना ग्राहकले खपत गर्ने विद्युतको मात्रामा पनि कमी आएकाले न्युनतम युनिट १० मा झार्न लागिएको हो । यद्यपि, १० युनिट विद्युतले सामान्य ग्राहकलाई पुग्छ वा पुग्दैन भन्ने विद्युत महशुल निर्धारण आयोगले अध्ययन गर्न लागेको आयोगका अध्यक्ष जगत भुषालले जानकारी दिए । उनले भने, ‘१० युनिटले सामान्य ग्राहकलाई पुग्छ भन्ने प्रमाणित भएमा मात्रै कार्यान्वयन गर्ने छौं ।’ त्यस्तै प्राधिकरणले गरेको प्रस्तावमा ४० युनिटदेखि २ सय युनिटसम्म खपत गर्ने ग्राहकको शुल्कमा भने ३० प्रतिशत बृद्धि गर्न माग गरिएको छ । यसैगरी ४ सयभन्दा माथि खपत गर्नेलाई भने २० प्रतिशत मात्रै बृद्धि गर्ने प्रस्ताव गरिएको छ । ठूला उद्योग र सामुदायिक उपभोक्ताको महसुुल पनि २० प्रतिशतसम्म बृद्धि गरिएको छ । विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार प्राधिकरणले यस्तो बढाइएको विद्युत महशुलबाट जुटाएको रकम अन्य आयोजनामा लगानी गर्न चाहन्छ । ‘प्राधिकरण आर्थिक रुपमा सवल हुन महशुल बृद्धि गर्नु जरुरी देखियो,’ प्रवक्ता अधिकारीले भने, ‘आगामी दिनमा आफ्ना आयोजनामा लगानी बढाउन पनि थप रकमको आवश्यकता पर्छ, त्यसैले शुल्क बढाउने प्रस्ताव गरेका हौं ।’


यस्तो छ विद्युत प्राधिकरणको हिसाव
अहिले विद्युत प्राधिकरणले भारतबाट ठूलो मात्रामा विद्युत आयात गर्ने गरेको छ । त्यस्तै स्वदेशमा सञ्चालित आयोजनाबाट पनि प्राधिकरणले विद्युत खरिद गरिरहेको छ । दुवैबाट विद्युत खरिद गरी बेच्दा नाफा धेरै नराखेका कारण प्राधिकरणले मनग्य आम्दानी गर्न नसकेको उनको तर्क छ । अधिकारीले थपे, ‘कुनै कुनै स्वदेशी आयोजना र भारतीय प्रसारण लाइनबाट खरिद गरेको बिद्युुत खरिद गरेको भन्दा कम मूल्यमा पनि बेच्न पर्ने स्थिति छ ।’ गत वर्ष मात्रै प्राधिकरणले भारत र स्वदेशका निजी क्षेत्रबाट गरी करिब २८ अर्ब ५० करोड रुपैयाँको बिजुली खरिद गरेको छ । कुल खरिदमध्ये भारतबाट मात्रै १७ अर्ब रुपैयाँ र बाँकी ११ अर्ब ५० करोड स्वदेशी निजी क्षेत्रबाट खरिद गरेको हो । गत वर्ष लेखा परीक्षण गरिएको प्रतिवेदनअनुसार प्राधिकरणको कुल नोक्सानी आठ अर्ब ८९ करोड रुपैयाँ थियो । तर, अहिले भने प्राधिकरणले झन्डै ६ अर्ब नोक्सानी घटाएको छ । प्राधिकरणका अनुसार यो वर्षको नोक्सानी करिब तीन अर्बको हाराहारीमा छ । चुहावटमा आएको कमी तथा गत माघमा भएको महशुल बृद्धिका कारण यस्तो नोक्सानी घटेको प्राधिकरण बताउँछ । गत आर्थिक वर्षमा विद्युत् महसुलमा औसत १९ प्रतिशतले वृद्धि हुँदा यो नोक्सानी केही कम भएको हो ।
२०७४ साउन १५ गते १८:०१ मा प्रकाशित 

Saturday, July 29, 2017

नम्रता श्रेष्ठले प्रेमीसँग रोमान्स गरेको अर्को भिडियो सार्वजनिक




नायिका नम्रता श्रेष्ठले बेलायतका मोडल पवन शर्मासँग रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ।
एउटी प्रेमीकाले आफूलाई माया गर्ने मान्छेबाट खोजिएको मायाको आशा ‘यस्तो माया गर मलाई दुनियाँलाई डाहा होस्, मैले जस्तै माया पाउने हरेकलाई चाह होस्’ भन्दै दुई प्रेमी मनलाई नजिक बनाएको कुरालाई भिडियोमा देखाइएको छ।
चर्चित गीतकार नृपेश उप्रेतीको प्रेमिल शब्दले भरिएको ‘यस्तो माया’ बोलको गीतमा देखिएको माहोलको यतिबेला संगीतीक बजारमा चर्चा सुरु भएको छ।

संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीतमा युवा पुस्तामा रुचाइएका फिरोज बस्नेत र दुर्गा खरेलको आवाज रहेको छ। भिडियोलाई रंगपत्रकार सुब्रत आचार्यले निर्देशन गरेका हुन्।

१८ बर्षिय युवकले ३५ बर्षिय ३ सन्तानकी आमा संग प्रेम गरेपछि बिहे गर्न नमान्दा यसरि गरे प्रेमीले विभत्स हत्या


गुल्मी र बाग्लुङको सिमाना बढिघाट खोला किनारमा फेला परेको शव अनमेल उमेर र समाजमा अमिल्दो जातका कारण हत्या भएको प्रहरीले जनाएको छ। गुल्मी मुसिकोट नगरपालिका पौदीअमराईकी ३५ वर्षीया गीता नेपालीलाई बाग्लुङ राक्सेका गैरदलित समुदायका प्रेमी १८ वर्षीय हीरा बलाल मगरले असार २५ गते राति हत्या गरी बढिघाट खोलामा फालेको बाग्लुङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बढिघाट गाउँपालिका–२, राक्से गाउँका बलाल मगर र गुल्मीको इस्मा विवाह भई श्रीमान्ले हेला गरेपछि तीन सन्तानसहित  पौदी अमराईस्थित माइतीको शरणमा बस्दै थिइन्। नेपाली र बलाल मगरबीच लामो समयदेखि प्रेम र अनुचित सम्बन्ध रहेको खुल्न आएको छ। गीताले विवाह नगरे अब उजुरीबाजुर गर्छु भनेर दबाब दिएपछि जातीय विभेद र अनमेल उमेरका कारण उनलाई कर्तव्य ज्यान गरेको पुष्टि भएको बाग्लुङ जिल्ला प्रहरी प्रमुख एसपी चन्द्र कुवेर खातुनले जानकारी दिए।





उनले भने– ‘यी दुईबीच प्रेम र अनुचित सम्बन्ध पनि रहँदै आएको पाइयो, गीताले विवाह गरौं नत्र उजुरी दिन्छु भनेपछि जात नमिल्ने र उमेर पनि आधाभन्दा बढी गीताको भएका कारण स्वीकार्न नसकी हत्या गरेको निजले नै स्वीकार गरेको छ।’ गीता नेपालीको शव असार २६ गते बिहान गुल्मी र बाग्लुङ सिमाना खर्वाङस्थि बढिघाट खोला किनारमा हरिचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीको नेतृत्वमा प्रहरीले ठूलो जोखिम मोलेर बाहिर निकालेको थियो।

अर्को दिनसम्म बेवारिसे रहेको उनको शव तब पत्ता लागेको थियो जब उनीहरूले काम गर्ने स्थान लब्दीखोला मोटरेबल पुल निर्माणस्थल अलि यतैको एक भट्टीमा गीता, उनकी भाउजू सीता र उनका प्रेमी बलाल मगर बसेर साँझ करिब ८ बजेको समयसम्म बियरलगायतको जलपान गर्दै रमाएको पत्तो लाग्यो। घटनाका दिन अभियुक्त मगर, मृतक गीता नेपाली र उनकी भाउजू सीता नेपाली राति ८ बजेसम्म साथै बसेर मदिरा बियर सेवन गरेको खुल्न आएको छ।

महिलामाथि हत्या प्रयास
महोत्तरी, (नेस) । महोत्तरीमा एक महिलामाथि हत्याको प्रयास गरिएको छ। महोत्तरी गौशाला नपा–५ शिवभक्ति बस्ने राम जीवन गिरीको श्रीमती अन्दाजी वर्ष ३५ की रिनादेवी गिरीमाथि सोमबार रातिको समयमा धारिलो हतियार प्रयोग गरी हत्याको प्रयास भएको हो।

रिना आफ्नै घरमा छोराछोरीहरूसँग सुतिरहेको अवस्थामा अपरिचित व्यक्ति घरभित्र प्रवेश गरी धारिलो हतियार प्रहार गरी हत्याको प्रयास गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए। धारिलो हतियारको प्रहारबाट उनको घाँटी, पाखुरा र पिठिउँमा गहिरो घाउ रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएकी रिनाको गौशालास्थित प्राथमिक स्वास्थ्य उपाचार केन्द्रमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि जनकपुर अञ्चल पठाएको थियो। जनकपुर अञ्चल अस्पतालमा पनि उपचार सम्भव नभएपछि पुनः थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको परिवारजनले बताएको छ।

गुल्मी । गुल्मी र बाग्लुङको सिमाना बढिघाट खोला किनारमा फेला परेको शव अनमेल उमेर र समाजमा अमिल्दो जातका कारण हत्या भएको प्रहरीले जनाएको छ। गुल्मी मुसिकोट नगरपालिका पौदीअमराईकी ३५ वर्षीया गीता नेपालीलाई बाग्लुङ राक्सेका गैरदलित समुदायका प्रेमी १८ वर्षीय हीरा बलाल मगरले असार २५ गते राति हत्या गरी बढिघाट खोलामा फालेको बाग्लुङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बढिघाट गाउँपालिका–२, राक्से गाउँका बलाल मगर र गुल्मीको इस्मा विवाह भई श्रीमान्ले हेला गरेपछि तीन सन्तानसहित पौदीअमराईस्थित माइतीको शरणमा बस्दै थिइन्। नेपाली र बलाल मगरबीच लामो समयदेखि प्रेम र अनुचित सम्बन्ध रहेको खुल्न आएको छ। गीताले विवाह नगरे अब उजुरीबाजुर गर्छु भनेर दबाब दिएपछि जातीय विभेद र अनमेल उमेरका कारण उनलाई कर्तव्य ज्यान गरेको पुष्टि भएको बाग्लुङ जिल्ला प्रहरी प्रमुख एसपी चन्द्र कुवेर खातुनले जानकारी दिए।

उनले भने– ‘यी दुईबीच प्रेम र अनुचित सम्बन्ध पनि रहँदै आएको पाइयो, गीताले विवाह गरौं नत्र उजुरी दिन्छु भनेपछि जात नमिल्ने र उमेर पनि आधाभन्दा बढी गीताको भएका कारण स्वीकार्न नसकी हत्या गरेको निजले नै स्वीकार गरेको छ।’ गीता नेपालीको शव असार २६ गते बिहान गुल्मी र बाग्लुङ सिमाना खर्वाङस्थि बढिघाट खोला किनारमा हरिचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीको नेतृत्वमा प्रहरीले ठूलो जोखिम मोलेर बाहिर निकालेको थियो।

अर्को दिनसम्म बेवारिसे रहेको उनको शव तब पत्ता लागेको थियो जब उनीहरूले काम गर्ने स्थान लब्दीखोला मोटरेबल पुल निर्माणस्थल अलि यतैको एक भट्टीमा गीता, उनकी भाउजू सीता र उनका प्रेमी बलाल मगर बसेर साँझ करिब ८ बजेको समयसम्म बियरलगायतको जलपान गर्दै रमाएको पत्तो लाग्यो। घटनाका दिन अभियुक्त मगर, मृतक गीता नेपाली र उनकी भाउजू सीता नेपाली राति ८ बजेसम्म साथै बसेर मदिरा बियर सेवन गरेको खुल्न आएको छ।


साभार: पोष्ट काठमाडौँ

Wednesday, July 26, 2017

भाइरल बन्यो कुकुरको घोडसवारी (भिडियोसहित)





तपाईंले कुकुरको वफादारीका विषयमा त कैयन् किस्साहरु सुन्नुभएकै होला । तर के कहिल्यै कुकुरले घोडसवार गरेको देख्नुभएको छ ?

सायद छैन होला । तर अहिले एउटा कुकुरको घोडसवारीको भिडियो भाइरल बनिरहेको छ ।

वास्तवमा बफादार जनावर कुकुरले प्रायः अनौठा अनौठा हरकतहरु गरिरहन्छ ।

कहिले आफै नुहाएका त कहिले नाचेका भिडियोहरु इन्टरनेटमा देख्न पाइन्छ । अहिले चाहिँ एउटा कुकुरले घोडा चढेर घोडालाई हिँडाइरहेको भिडियो सोसल मिडियामा आएको छ ।

अमेरिकाको टेक्सासमा खिचिएको भिडियो हो यो । बेली नामक १० वर्षको उक्त कुकुरले गरेको घोडसवार निकै रोचक छ ।

अझ रोचक त के भने उक्त घोडाले पनि कुकुरलाई आफ्नो पिठ्यूँमा मज्जाले बसाइरहेको छ अनि कुकुरकै इशारामा हिडिरहेको छ । कुकुर निकै पोख्त देखिन्छ । मज्जाले घोडाको लगाम मुखले टोकेर अठ्याइरहेको छ भने हातले घोडाको गर्धनमा समाएर आफु सन्तुलित भैरहेको छ ।

Tuesday, July 25, 2017

अलविदा सञ्जय…

१० साउन, काठमाडौं । अमेरिकाको हिमाल आरोहणका क्रममा गत असार २ गते हाइ अल्टिच्युडका कारण मृत्युवरण गरेका कीर्तिमानी आरोही तथा अल्ट्रा धावक सञ्जय पण्डितको शव ४० दिनपछि नेपाल आइपुगेको छ ।


उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)मा राखिएको छ । उनलाई श्रद्धाञ्जलि दिन खेलाडी, प्रशिक्षकलगायत खेल क्षेत्रका व्यक्तित्वदेखि राजनीतिज्ञसम्म राखेप परिसर पुगेका थिए ।

गृहमन्त्री जनार्दन शर्मा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता गगन थापा तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले पण्डितको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरे ।

पण्डितको अन्त्येष्टि गृहजिल्ला प्यूठानमै हुने परिवारका सदस्यले जानकारी गराएका छन् । त्यसका लागि उनको शव हेलिकोप्टरमार्फत आजै प्यूठान लगिनेछ । त्यसअघि प्यूठानको टिकुरी बसपार्क परिसरमा अन्तिम श्रद्धाञ्जलि दिइनेछ ।

सगरमाथा लगायत विश्वका सबै महादेशका उच्च शिखर आरोहण गरिसकेका २९ वर्षे पण्डितको अमेरिकाको आलस्कामा रहेको ६ हजार १९० मिटर उचाइको माउण्ट डेनाली आरोहणका क्रममा हाइ अल्टिच्युडका कारण मृत्यु भएको थियो ।




साढे २ करोड बढि रकमको बैंकिङ कसुरमा १६ जना बिरुद्ध मुद्धा दायर

ढुकुटी र मिटरब्याज भुक्तानीको लागि चेक प्रयोग भएको आशंका


१० साउन, कैलाली । गत आर्थिक वर्ष २०७३/०७४ मा १२ र यो आर्थिक वर्षको पहिलो सातामा कैलालीमा बैकिङ कसुरका ४ गरी १६ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

कार्यालयले बैंकिङ कसुरमा दर्ता भएका मुद्दामा करीव २ करोड ५५ लाख रुपैयाँ रहेको जनाएको छ ।

चेक बाउन्सका घटनापछि बैकिङ कसुर अन्तर्गत जिल्ला प्रहरी कार्यालय कैलालीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताइएको छ ।

यसअन्तर्गत कल्पना जोशीको ७ लाख २९ हजारको चेक बाउन्स भएपछि उजुरीको आधारमा मञ्जु बम, रेखा अधिकारीको १४ लाखको चेक वाउन्स भएपछि उजुरीका आधारमा कविता चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।

उनले बैंकिङ कसुर अन्तर्गत चेक बाउन्स गर्नेमा सबैभन्दा धेरै गुनासा निलम पनेरुको नाममा आएको जानकारी दिए । निलमले कुल ९० लाख ९० हजार रुपैयाको विभिन्न बैंकको चेक भुक्तानीको लागि बिभिन्न व्यक्तिको नाममा जारी गरेको चेक नसाटिएपछि उजुरीको आधारमा उनलाई पक्राउ गरिएको डिएसपी बुढामगरले जानकारी दिए ।

निलमले गोपाल खरेललाई ६ लाख, गीताकुमारी खरेललाई १० लाख, दीपमाला रोकाया ऐरीलाई २२ लाख ७५ हजार, रीता न्यौपानेलाई २० लाख, दीपा कुमारी चन्दलाई ७ लाख ७० हजार, सगुन घिमिरेलाई १४ लाख ४५ हजार र हेमराज उपाध्यायलाई १० लाखको चेक जारी गरेकी थिइन ।

त्यस्तै प्रेमबहादुर शाहीले ईश्वरी चन्दलाई दिनुपर्ने ३२ लाख ५० हजार रुपैयाँको चेक बाउन्स भएपछि शाहीलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकोे छ ।

यसैगरी हृदय अधिकारी र देवेन्द्र हमालको उजुरीका आधारमा प्रहरीले खगेन्द्र ठकुन्नालाई समेत नियन्त्रणमा लिएको छ । खगेन्द्रले अधिकारीलाई १ लाख ५३ हजार ६ सय ९ र हमाललाई ३ लाख १३ हजार ८ सय ८० रुपैयाँको चेक दिएका थिए तर त्यो चेक नसाटिएपछि उजुरीका आधारमा प्रहरीले ठगुन्नालाई यिन्त्रणमा लिएको हो ।

त्यस्तै, पछिल्लो पटक कैलालीमा अवैध रुपमा फस्टाउँदै गएको ढुकुटी र मिटरब्याजका कारोबारीहरुको विरुद्दमा बैंकिङ कसूर अन्तगर्त धेरै मुद्दा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) वीरबहादुर बुढामगरले जानकारी दिए ।

गत माघ २९ गते धनगढीमा शाखा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएमबाट बैंककै कर्मचारीले २३ लाख ४४ हजार रुपैयाँ झिकेको र राष्ट्रिय बाणिज्य बैंकबाट गोदावरी नगरपालिका १३ बस्ने कपिल बिष्टले अर्काको चेक चोरी गरेर ८ लाख ३५ हजार रुपैया झिकेको बाहेकका अन्य सबै मुद्दाहरु ढुकुटी र मिटरब्याजका हुनसक्ने उनले बताए ।

चेक बाउन्सको मुद्दामा केहि समय अघि पक्राउ परेका धनगढी उपमहानगरपालिका–१८ फुलवारीका लक्ष्मी प्रसाद देवकोटाले ६७ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । उनलाई शेष मुनिर अहमदले २१ लाख ५० हजार र नरेश कुँवरले ४५ लाख ५० हजार रुपैयाँको पैसा नभएको चेक दिएपछि उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

Sunday, July 23, 2017

यस्तो सरकारी कार्यालय, जहाँ कर्मचारीले हेलमेट लगाएर काम गर्छन्


दुई पांग्रे सवारी साधन चलाउने वा चढ्ने र भौतिक निर्माणस्थलमा काम गर्ने मानिसहरु लगायतले टाउकोमा हेलमेट लगाउनु त स्वभाविकै हो । तर एउटा यस्तो सरकारी अफिस छ जहाँ अफिसभित्र काम गर्दा समेत हरेक कर्मचारीले हेलमेट लगाउँछन् ।
भारतको बिहार राज्यमा पर्ने पश्चिमी चम्पारणस्थित अरेराज प्रखण्डको भूमि तथ्यांक कार्यालयका कर्मचारीहरु दिनहुँ अफिस आउँदा हेलमेट लगाएर आउँछन् र हेलमेट लगाएरै दिनभरी काम गर्दछन् ।
कर्मचारीहरुले अफिसभित्र समेत हेलमेट लगाएर काम गर्नुको कारण रोचक छ । उनीहरु हेलमेट प्रेमी भएर त्यसो गरेका होइनन् आफ्नो ज्यान जोगाउन त्यसो गरेका रहेछन् ।
कर्मचारीहरुका अनुसार त्यहाँ जुनबेला जेपनि हुन सक्छ । कार्यालयको भवन जीर्ण छ । कतिबेला ढल्ने हो भन्ने खालको छ अफिसको भवन । भित्ताहरु छर्किएका छन् भने वषर्ातमा छानोबाट पानी चुहेर कोठाभित्र काम गर्नै गाह्रो छ । तरपनि आखिर सरकारी नुन खाएपछि काम त गर्नैपर्यो । त्यसैले कर्मचारीहरु ज्यान हत्केलामा राखेर भएपनि काम गरिरहेका छन् ।
अकस्मात छत वा भित्ताका ढुंगाहरु खसेर टाउकोमा चोट नलागोस् भनेर उनीहरुले सधै हेलमेट लगाएर काम गर्दछन् । तर विचराहरु यदि घर नै भत्कियो भने त ऐया भन्न पनि नपाउनेवाला रहेछन् ।
कर्मचारी मात्र कहाँ हो र ? उक्त कार्यालयमा काम लिएर जाने सेवाग्राहीहरु पनि हेलमेट लगाएरै जान्छन् ।
आर्थिक रुपमा विश्वको महाशक्ति हुँ भन्ने भारतको एउटा सरकारी अफिसको यो दर्दनाक कथाले सायद त्यो महाशक्तिलाई गिज्याइरहेको छ ।

‘स्रोत सुनिश्चितता’मा अनियमितता, कामै नगरी करोडौं झ्वाम


९ साउन, काठमाडौं । राजनीतिक दलहरुले कार्यकर्ता रिझाउन गैरबजेटरी बाटोबाट स्रोत सुनिश्चितताका नाममा जिल्लाहरुमा पठाएको बजेट खर्च गर्दा करोडौं रुपैयाँ अनियमितता गरिएको छ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आर्थिक वर्ष २०७३/७४ मा स्रोत सुनिश्चितताका नाममा ७१ जिल्लाका लागि ५ अर्ब ५८ करोड ५९ लाख रुपैयाँ बजेट पठाएको थियो । यस्तो बजेटको ठूलो हिस्सा कामै नगरी खाएकाले अनियमितता भएको हो ।


अर्थ मन्त्रालयका उच्च अधिकारीका अनुसार, स्रोत सुनिश्चितामा गएको बजेटअन्तर्गतका योजना र कार्यक्रम उपभोक्ता समितिमार्फत काम गर्ने गरी सम्झौता भएका छन् । उपभोक्ता समितिमध्ये अधिकांशले कामै नगरी वा थोरै काम गरेर पूरै बजेट भुक्तानी लिएको गुनासा मन्त्रालयमा आएको आजको नागरिक दैनिकले लेखेको छ ।

२०७४ साउन ९ गते ६:३८ मा प्रकाशित

काल नआएपछि के गर्नु ? १८ तलाबाट हाम फाल्दा पनि जिउँदै




काल आएपछि घरको संघारमा ठोक्किएर पनि मानिस मर्छ रे । तर काल आएन भने घरको १८ औँ तलाबाट हाम फाल्दा पनि ज्यान जाँदो रहेनछ ।

चीनको शानडोंग प्रान्तमा यस्तै घटना भएको छ । आत्महत्याका लागि एक गगनचुम्बी महलको १८ औँ तल्लाबाट हाम फालिन् एकजना महिलाले । तर उनको मर्ने चाहना पूरा भएन । उनलाई समय छँदै बचाइयो ।

गत जुलाई १५ मा यो घटना भएको हो । लियोचेंग सहरको एक भवनको १८ औँ तलाबाट हाम फाल्ने तयारी गरिरहेकी ती महिलालाई एक व्यक्तिले देखे । उनले तत्कालै पुलिसलाई खबर गरे । पुलिस क्षणभरमै घटनास्थल पुग्यो । हाम फाल्ने कोसिस गरिरहेकी महिलालाई त्यसो नगर्नका लागि झण्डै १ घण्टासम्म सम्झाउने कोसिस गर्यो पुलिसले । तर ती महिलाले मानिनन् र हाम फालिन् ।

तर उद्धारकर्मीहरुले ती महिला हाम फालेर भुइँमा नखस्दै तल भुईंमा हावा भरिएको निकै अग्लो गद्दा बिच्छ्याएका थिए । ती महिला भुइँमा बजि्रन पाइनन् र त्यहीँ गद्दामा खसिन् । जसका कारण उनलाई गम्भीर चोट लाग्न पाएन । उनलाई तत्काल अस्पताल लगियो । उनको अनुहारमा केही चोटपटक लागेपनि उनी खतरा बाहिर रहेको बताइएको छ । उनले आत्महत्या गर्न खोज्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

एजेन्सी

‘जग्गा जासुस’ नायिकाको हत्या कि आत्महत्या ?




आसामी नायिका विदिशा बेजबरुआले आत्महत्या गरेकी छिन् । उनको शब गुरुग्राम स्थित सुशान्तलोकमा पंखामा झुन्डिएको अवस्थामा भेटिएको थियो । बिदिशाले हालै रिलिज भएको रणबीर कपुर र कट्रिना कैफ अभिनित चलचित्र ‘जग्गा जासुस’ मा अभिनय गरेकी थिइन् । उनले केही टिभी शो समेत होष्ट गरेकी थिइन् ।
केही दिन अघि मात्रै बिदिशा मुम्बईवाट गुरुग्राम आएकी थिइन् । गुरुग्रामको सुशान्त लोक क्षेत्रको सेक्टर ४३ मा रहेको घरमा उनी भाडामा बस्थिन् । विदिशाको बुबाले उनको आत्महत्या नभएर हत्या भएको भन्दै प्रहरीमा उजुरी दर्ता गराएका छन् । उनका बुबाले विदिशाको पतिसँग पटक पटक झगडा भएको भन्दै हत्यामा पतिको हात रहेको आशंका ब्यक्त गरेका छन् ।

चलचित्र ‘जग्गा जासुस’मा विदिशाले नृत्य गरेकी थिइन् । गुहाटीमा जन्मेकी बिदिशाले अंग्रेजी साहित्य र मास कम्युनिकेशनको पठाई पुरा गरेकी थिइन् ।

जहाँ लोग्ने र सासु ससुराले नै बेच्छन् आफ्नी पत्नी-बुहारी

























हाम्रो छिमेकी देश भारतको राजधानी नयाँदिल्ली नजिकैका केही इलाकाहरुमा यस्तो समुदाय बस्दछ जहाँ घरकै मानिसहरुले श्रीमती तथा बुहारीहरुलाई बेच्दछन् । घरका लोग्ने तथा सासु ससुराहरुले नै आफ्नी पत्नी तथा बुहारीलाई बेश्वावृत्ति गर्न बाध्य पार्दछन् ।

रिपोर्ट अनुसार दिल्लीसँग जोडिएको धरमपुरा लगायतका इलाकामा बस्ने परना नामक समुदायमा यो घृणित परम्परा चल्दै आएको छ, सदियौंदेखि ।

रिसर्च साइट प्यासिफिक डट कमले उक्त समुदायमाथि गरेको अध्ययन अनुसार त्यहाँ पतिले नै आफ्नी पत्नीलाई यौन पेशा गर्न बाध्य पार्दछन् । पत्नीले वेशयावृत्तिबाट कमाएको पैसा चाहीँ लोग्नेले राख्दछ ।
परिवारको गर्जो टार्नका लागि सासु ससुराहरुले पनि बुहारीलाई यौनकर्ममा लगाउँछन् ।
कतिपय महिलाहरु आफ्नै इच्छा तथा बच्चाको पढाइका लागि खर्च जुटाउन भनेर राजीखुसीले नै वेश्यावृत्तिमा लागेका हुन्छन् । कतिपयलाई चाहीँ परिवारले बाध्य पार्दछ ।

कतिपय महिलाहरु बिहान सबेरै वेश्यावृत्तिका लागि घरबाट निस्कने र केही ग्राहकसँग ओछ्यान तताएपछि घर फर्किएर घरधन्दा गर्दछन् । घरको काम र पैसा कमाउन वेश्यावृत्ति दुबै उनीहरुले गर्नुपर्दछ ।
हाम्रो देशको वादी समुदायमा विगतमा रहेको यस्तै परम्परा अहिले लगभग हटिसकेको छ । तर दुनियाको आर्थिक महाशक्ति राष्ट्र भारतमा अहिलेपनि यस्तो परम्परा कायमै देखिन्छ ।
एजेन्सी

एयरपोर्ट जस्तै आर्यघाट, नाम छ ‘अन्तिम उडान मोक्ष यात्रा’

भारतमा एउटा यस्तो आर्यघाट छ जुन एयरपोर्टकै स्वरुपमा बनाइएको छ । उक्त आर्यघाटको नाम पनि अनौठो छ  अन्तिम उडान मोक्ष यात्रा । आर्यघाटको नाम सुन्दैमा सबैलाई झसंग हुन्छ । त्यहीँ डरलाई हटाउने कोसिस गरेका छन् भारत गुजराँतका सोमाभाइ पटेलले ।





















उनले आफ्नो गृहराज्य गुजराँतको बारडोलीमा अनौठो आर्यघाटको निर्माण गरेका छन् ।

यो दुरुस्तै विमानस्थल जस्तो छ नाम पनि अन्तिम उडान मोक्ष यात्रा राखिएको छ । भारतमा यस्तो नाम र स्वरुपको यो एक्लो आर्यघाट हो ।

यो आर्यघाटमा हवाइ जहाजको स्वरुपका दुई विशाल मूर्ति राखिएको छ । जसको नाम हो मोक्ष एयरलाइन्स र स्वर्ग एयरलाइन्स ।

यो आर्यघाटको सबैभन्दा अनौठो कुरा के भने जब यहाँ अन्तिम संस्कार लागि शव पूराइन्छ तब एयरपोर्टको तर्फबाट त्यसको सूचना जारी गरिन्छ । कुन गेटबाट प्रवेश गर्ने भन्ने जानकारी दिइन्छ ।

यस आर्यघाटमा मृतकका परिवारजनलाई सान्त्वना दिन तथा ढाडस दिनका लागि समेत व्इवस्था गरिएको छ । आर्यघाट प्रवेशदेखि शवलाई जलाउने ठाउँसम्म पूराउने प्रक्रिया विमानस्थलमा प्रवेश देखि उडान सम्मको प्रक्रियाकै रुपमा हुन्छ ।

यो आर्यघाटमा पाँच वटा चितास्थल छन् । जसमा दुईवटा विद्युतीय शवदाह र दुईवटा दाउरा शवदाह । शवदाह भैरहेको बेला समेत हवाइजहाजको जस्तै आवाज निकालिन्छ । यो आर्यघाटमा करीब ४० गाउँका मानिसहरु अन्तिम संस्कारका लागि आउने गरेका छन् । एजेन्सी

२०७४ साउन ८ गते १०:५४ मा प्रकाशित

ट्वाइलेटबाट निस्किएको सर्पले महिलालार्इ डसेपछि…

सायद अब उनले आफ्नै घरको ट्वाइलेटमा दिसा बस्दा पनि दुईपटक सोँच्नेछिन् । आखिर पर्नु पिर जो परेको छ उनलाई ।
थाइल्याण्डमा एक ४२ वर्षीया महिलालाई आफ्नै घरभित्रको ट्वाइलेटमा दिसा गरिरहेको बेला ट्वाइलेटभित्रैबाट निस्केको सर्पले डसेको छ, त्यो पनि मलद्धार क्षेत्रमै ।



फनारन चैबुन नामकी ती महिलालाई आफ्नै घरको ट्वाइलेटको बाउलमा लुकेर बसेको अजिंगरले डसेको हो ।
सर्पले डसेपछि उनी तत्कालै फायाथी अस्प्तालमा भर्ना भइन् । उनलाई डस्ने सर्प अजिंगर भएको पत्ता लागेपछि डाक्टरहरु ढुक्क भए र उनलाई एन्टी भेनोम औषधि चलाएनन् । किनकी अजिंगर विषालु हुँदैन । तर अजिंगरको टोकेको ठाउँको घाउको भने उपचार गरियो ।
आफ्नो घरको भुइँतलामा एउटा प्वाल रहेको र त्यहीँबाटै अजिंगर छिरेको हुनसक्ने उनले बताएकी छिन् । यो घटनापछि उनकी १५ वर्षीया छोरी घरमा बस्नै डराएकी छिन् । एजेन्सी

२०७४ साउन ८ गते १०:५० मा प्रकाशित 

नम्बर १ ट्रेन्डिङमा ‘छक्का पन्जा’को गीत, एक दिनमै ९ लाख भ्यूज

चलचित्र ‘छक्का पन्जा २’ले युटुबमा नयाँ रेकर्ड बनाएको छ । यो चलचित्रको ‘नसमाउ नाडीमा’ बोलको गीतलाई युटुबमा छोटो समयमै सर्वाधिक धेरै पटक हेरिएको छ । चलचित्रको यो गीतलाई १ दिनमा करिब ९ लाख पटक हेरिएको छ । यो गीतलाई दर्शक र समिक्षकले भने मिश्रित प्रतिक्रिया दिएका छन् । तर, पनि युटुबमा भने गीतको भ्यूज आक्रामक तरिकाले बढिरहेको छ ।



यो गीत अहिले युटुबमा नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा छ । गीत सार्वजनिक भएको छोटो समयमै यसले नम्बर १ ट्रेन्डिङमा कब्जा जमाएको छ । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको यो चलचित्रलाई दीपकराज गिरीले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता विकास आचार्य हुन् ।

चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायतका कलाकारको मुख्य भूमिका छ । असोज ११ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

Source : Online Khabar

Saturday, July 22, 2017

अंक केरमेट गरी कर फर्छ्योट आयोगका पदाधिकारीले गरे कर मिनाहा

काठमाडौं, ८ साउन, कर फर्छ्योट आयोगका पदाधिकारीले राजस्व रकम, दर्ता नम्बर एवं दर्ता र पत्राचार मितिसमेत फेरेर बदनियतपूर्वक कर मिनाहा गरेको खुलासा भएको छ । आयोगमा व्यवसायीको निवेदन दर्ता र कर फर्छ्योटपछि पत्राचारका क्रममा तथ्यांक नै केरमेट गरिएको र सर्वसम्मत निर्णयसमेत सच्याएको भेटिएको हो ।

स्रोतले उपलब्ध गराएको विवरणअनुसार आयोगको रजिस्ट्ररमा दर्ता र चलानीको अभिलेख केरमेट र फेरबदल गरी निर्णय गरिएको मात्र होइन, केही फाइलमा सर्वसम्मत निर्णय भइसकेको विषयलाई आयोगका तत्कालिन सदस्य सचिव चूडामणि शर्माले केरमेट गरेर सच्याई हस्ताक्षर गरेको समेत देखिन्छ ।


यस्तै, दर्जनौं ठाउँमा पत्राचारका चलानी नम्बर ‘ब्याक डेट’ मा केरमेट गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा समेत यस्ता तथ्य भेटिएका छन् ।


‘कर फर्छ्योट आयोगको दर्ता किताबमा कम्पनीहरूको नाम केरमेट गर्ने, पहिले दर्ता गरेको कम्पनीको नाम हटाएर ठूलो रकम कर बुझाउन बाँकी अर्को कम्पनीको नाम दर्तालगायत गरेको देखिन्छ,’ स्रोतले भन्यो, ‘आयोगको कार्यविधिमा दर्ता निवेदनअनुसार व्यवसायीहरूका बारेमा निर्णय गर्ने भनिए पनि बदनियतपूर्ण रूपमा काम गरेको खुल्छ ।’


चार्टर्ड एकाउन्टेन्टद्वय लुम्बध्वज महत अध्यक्ष र उमेश ढकाल सदस्य रहेको आयोगले सर्वसम्मत निर्णय लिएकोमा पनि सदस्य सचिव रहेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माले राजस्वको अंक नै केरमेट गरेको पत्ता लाग्यो ।


उनले सम्झौतापछिको मितिमा समेत अंक सच्याएको भेटिएको छ । (कान्तिपुर दैनिकबाट)